Welcome

Website counter
website hit counter
website hit counters

Wednesday, July 10, 2013

WITH THE MAGAR'S EMBRACING AGAIN BUDDHISM SHOWS SIGN OF REVIVAL IN THE HIMALAYAS

WITH THE MAGAR'S EMBRACING AGAIN BUDDHISM SHOWS SIGN OF REVIVAL IN THE HIMALAYAS


WITH THE MAGAR'S EMBRACING AGAIN BUDDHISM SHOWS SIGN OF REVIVAL IN THE HIMALAYAS

[On the occasion of 2557th Buddha birth anniversary tomorrow, May the 25th, we post below an interesting article by a sociologist from Kathmandu, Nepal. The interim constitution of Nepal article 4 (1) says the country is religiously secular. The Magars, one of the largest groups of peoples who, as the alien scholars believe, made 1/3 of the total population of the country until the fifties of last century. 'At least 4,00,000 (four hundred thousands) Magars, reported themselves Buddhists according to the last population  census report - 2001', the author writes. The Magars this year, as they  have officially  announced, are celebrating  the 2557th Buddha birth anniversary nationwide tomorrow, not heard in this magnitude ever before. - Editor] 


मगर जातिको उत्थानमा बुद्धधर्मको भूमिका

डा. केशबमान शाक्य* 
सामाजिक—आर्थिक अवस्था

Three Magars girls in their cultural dress
मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति  हो । सन् २००१ को सरकारी तथ्यांक अनुसार नेपालमा मगरको जनसंख्या १६,२२,४२१ छ। नेपालको सबै जिल्लामा यो  जातिको बसोबास भएता पनि सबै भन्दा बढी मगरको जनसंख्या भएका दश जिल्लाहरुमा पाल्पा (१३६,७५०), नवलपरासी (९८,८८१), रोल्पा (९१,९३६), तनहुं (८४,३३२), बागलुंग (७४,५५०), स्यांग्जा (६७,२४५), प्यूथान (६५,१२३), रुपन्देही (६२,२४८), गुल्मी (५९,१२३) र्छन् । नेपालका जातजातिहरुको सूचिमा क्षेत्रि (१५.८५) र बाहुन (१२.७४ ) पछि बढि जनसंख्या भएकाहरुमा तेश्रो (७.१४ ) स्थानमा पर्न आउंछ । तर  ३.४५ मगरले मात्र मगर भाषा बोल्दछ ।  शिक्षामा ५५.५ % साक्षर छन् भने ७.३५% ले मात्र एसएलसी पास गरेका छन् । स्नातक पास भएकाहरु ०.८५ % मात्र छ ।

मगरको औषत आयु ५५ बर्ष छ जब कि नेवारको ६३ बर्ष हुन आउंछ ।  गरीबीको रेखा मुनि ३५.५ %मगरहरु छन् जक कि नेवार १४.५ % मात्र छ । मगरको प्रति ब्यक्ति बार्षिक आय रु १६,००० पर्न आउंछ जब कि नेवारको रु ३०,००० छ । मगरको परिवारले प्रति बर्ष रु ६६,२०१ बराबर उपभोग गर्दछ भने नेवारको परिवारले रु १,९८,४२५ उपभोग गर्दछ ।  स्वास्थ क्षेत्रमा मगर डाक्टरहरु ४० जना मात्र छन् जब कि नेवार डाक्टरहरुको संख्या १२५० पुग्दछ ।  प्राविधिक क्षेत्रमा मगर ईन्जिनियरहरु २४ जना मात्र छन् जब कि बाहुनक्षेत्रि ईन्जिनियरहरुको संख्या ३३३७ पुग्दछ भने नेवारको २१२६ पुथ्दछ । 

वकिल पेशामा ३७ जना मात्र मगरहरु छन् जब कि बाहुन क्षेत्रिहरु ४,४२६ छन् भने नेवारहरु ५४६ छन् ।  यी तथ्यांकहरुले के देखाउंछ भने मगर समुदाय सामाजिक आर्थिक क्षेत्रमा धेरै पछाडि छ । 

जातीय र धार्मिक जागरण 

केही मगर विद्धानहरुले मगरहरुको धर्म छैन, उनीहरु प्रकृति पूजक हुन् भन्छन् । तर सरकारी तथ्यांकले भने सन् १९९१ मा ९७.८ % मगरहरुले आफ्नो धर्म हिन्दु लेखाएका छन् भने सन् २००१ मा आएर ७४.६ %  ले मात्र हिन्दु लेखाए जब कि सन् १९९१ मा १.६६ % ले मात्र बौध्द लेखाउनेको संख्या सन् २००१ मा आएर २४.५५ %पुग्यो । मातृभाषाको सवालमा पनि सन् १९८१ मा मगर भाषा बोल्नेको संख्या १.४२ र सन् १९९१ मा २.३५ % र सन् २००१ मा ३.४५ % पुग्यो । मगर समुदायको धर्म र भाषामा नयां चेतना र जागरण आएको देखिन्छ । मगर जाती भित्र आफ्नो मातृ भाषा मगर भन्नेको संख्या सन् १९८१ मा २० % मात्र थिए भने सन् २००१ मा आएर झण्डै ५० % पुगे । त्यस्तै दश बर्ष  अगाढि  बौध्द लेखाउनेको संख्या नगन्य थियो भने सन् २००१ मा २५ % पुग्यो । मगर  जातिमा आएको यो पहिचानको परिवर्तनले धेरै कुरा बताउन खोजेको छ ।

मगर जातीको धर्म के हो त भन्ने विषयमा तीन मत देखिएको छ — 

१. मगर बौध्द हुन् भन्ने मत,
२. मगर हिन्दु हुन् भन्ने मत,
३. मगरको धर्म छैन, प्रकृति पूजक हुन् भन्ने मत ।

मगरको मुल थलो मगरात बुध्दकालिन कोलिय राज्यमा (नवलपरासी, रुपन्देही, पाल्पा, आदि जिल्लाहरु) पर्दछ । यी भूभागमा नाग  जातिका मानिसको बसोबास थियो । ती नाग  जातिका कोलियहरु नै हाल नेपालका मगरहर हुन् । कोसलले हमला गर्दा उत्तरतिर बसाई सर्दै गएर तनहुं, स्यांग्जा, गुल्मी, बागलुंग, प्यूथान, रोल्पा आदी जिल्लाहरुमा पुगे । काठमाडौं उपत्यकामा भएका शाक्यहरु कपिलबस्तुका शाक्य र देवदहका कोलियहरु हुन् । थारुको मूल थलो थरुहट बुध्दकालिन कपिलबस्तु राज्यमा (कपिलबस्तु, दांग, बांके, बर्दिया, सुर्खेत आदी जिल्लाहरु) पर्दछ । कोलिय (मगर), र शाक्य (थारु) बिच बिवाह चल्थ्यो । हाल यिनीहरु मगर, थारु र नेवार  जातिको रुपमा बिद्यमान छन् । बुध्द यिनीहरुकै नातेदार थिए र नेपालमा बुध्द धर्म स्थापना गर्न र संरक्षण गर्नमा अहम् भूमिका खेलेका थिए । त्यसकारण यिनीहरु स्वभाविकैले बुध्द धर्म मान्ने हुन् । सरकारी तथ्यांकमा हिन्दु देखाइएता पनि त्यो सही होइन । तथ्यांक संकलन गर्न आउनेले झुक्याएर हिन्दु लेखेका हुन् । कतिपय मगर र थारु अशिक्षित र अज्ञानी भएको कारणले हिन्दु भनेका पनि छन् । तर उनीहरुको संस्कृति, रितीरिवाज र धार्मिक कृयाकलाप हेर्दा हिन्दु भन्न सकिंदैन । तर बुध्द धर्म हराई सकेको हुनाले धामि झाक्रिको प्रभावले गर्दा प्रकृति पूजक जस्तो देखिन गएको हो । प्रकृति पूजा भनेर खोला नाला, पहाड पर्वत, रुख विरुवा, जिव जन्तु पूजा गर्नु भनेको धर्म भन्दा पनि प्रकृति संरक्षण गर्न चलाइएका रितीरिवाज मात्र हुन् । ती रिती रिवाजहरु स्थानिय चलन अनुसार सबै धर्ममा पनि मानेको पाइन्छ । 

धर्म भने पछि त्यहां जीवन र जगतको ब्याख्या गर्ने दर्शन हुन्छ । बुध्द, हिन्दु, इशाई, ईस्लाम बर्तमान बिश्वका ठूला धर्महरु हुन् । यी धर्म प्रतिपादन गर्ने ब्यक्तिहरु पनि हुन्छन् । यी धर्म ब्याख्या गर्ने ग्रन्थहरु पनि हुन्छन् । बुध्द धर्म प्रतिपादन गर्ने ब्यक्ति २६०० बर्ष पहिले कपिलबस्तुमा जन्मेका शाक्यमुनि हुन् । हिन्दु धर्मका नायकहरु विष्णु, शिव र ब्रम्हा हुन भने ब्राम्हणहरुले हिन्दु धर्मको दर्शन र सिध्दान्त प्रतिपादन गरे । विष्णुको मानविय अवतार राम र कृष्णलाई मान्दछन् । ईशाइ धर्मका संस्थापक जेशस क्राईस्ट हुन भने ईस्लामका संस्थापक मोहम्मद हुन् । बचेका केही प्रकृति पूजाहरु पनि हिन्दु र बुध्दमा विलिन जस्तै भइसके । कर्णालितिर पाइने मस्तो हिन्दु धर्ममा हराइसके भने हिमालतिर पाइने बोन बुध्द धर्ममा समाबेश भईसके । आज आएर अधिकांश नेपालीहरु हिन्दु, बुध्द, ईस्लाम र ईशाइ धर्ममा विभाजित छ । केही बर्ष अगाडि किरात जाती र किरात धर्म भनेर राई लिम्बुहरुले आफुलाई चिनाउन थालेका छन् । बाकि आदिबासी जनजातिहरुले आफुलाई बौध्द वा हिन्दु भनेर चिनाउंछन् । नेपालमा जनजाति अभियान चलेयता आदिबासी जनजातिहरु हिन्दु होइनन् भन्न थालेकाछन् र अधिकांशले आफुलाई बौध्द भन्न थालेका छन् । अहिले आएर कर्णालीका खश जातीको इतिहास खोतल्दा खश साम्राज्यका चल्ल मल्ल राजाहरु बौध्द धर्म मान्ने थिए भन्ने पत्ता लागेका छन् र यस्ले गर्दा खश क्षेत्रिहरुले पनि आफु हिन्दु नै बनिरहनु पर्ने आवश्यकता थान्न छाडेकाछन् । र भोली खशहरुले आफुलाई बौध्द भन्न सक्छन् । यी जातीय धर्मको अवधारणा विकास भैइरहंदा केही नेपालीहरुले ईशाइ धर्म पनि अपनाएका छन् । ती ईशाइहरुमा आदिबाशी जनजातिहरु थुप्रैछन् ।  जाति र धर्मको चेतना बढिरहेको बेला मगर  जातिले आफ्नो धर्म बौध्द हो भन्नु एउटा स्वाभाविक प्रकृया हो । 

बुध्द धर्ममा के छ ?

१. बुध्द धर्मले ईश्वरलाई मान्दैन । बुध्दले मानिस आफै आफ्नो मालिक हो भन्छ — अत्त ही अत्तनो नाथो । यही प्रकृति र जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन भन्छ । बुध्द धर्म नै प्रकृति पूजाको सही दर्शन हो । मानिसको जीवन मरणको कृयाकलापलाई कार्यकारणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिध्दान्तबाट ब्याख्या गरिन्छ ।  

२. बुध्दले अनित्य, दुःख र अनात्मा को दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्रकृति) नित्य छैन, परिवर्तन भैरहन्छ । हामीले भोगिरहेको दुःख सत्य हो । हाम्रो जीवन हामी आफैले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंश आत्मा छैन ।

३. बुध्दले भन्नुभयो — दुःखको अनुभूति सत्य हो, दुःख हुनुको कारण हामीमा भएको क्लेश (राग, द्वेश र मोह) हो । यो क्लेश हटाएमा दुःखबाट मुक्त होइन्छ, जस्लाइ निर्वाण भनिन्छ । दुःखबाट मुक्त हुन आठअंग भएको मध्यम मार्ग अपनाउनु (अष्टांगिक मार्ग) पर्दछ ।

४. मध्यम मार्गमा शील (अनुशासन), समाधी (ध्यान) र प्रज्ञा (ज्ञान)का विधिहरु अपनाउनु पर्दछ । 

५. शीलमा न्यूनतम पांचवटा अनुशासन पालन गर्नु पर्दछ — हिंसा नगर्नु, चोरी नगर्नु, ब्यभिचार नगर्नु, झूठो नबोल्नु र नशालु पदार्थ सेवन नगर्नु ।

६. समाधीमा विपश्यना ध्यानले चित्त एकाग्र गरेर जीवन र जगतको प्राकृतिक शक्ति र कृयाको साक्षात्कार गर्न सकिन्छ ।

७. प्रज्ञाले जीवन र जगतको तत्वज्ञान बोध हुन्छ ।  
 
बुध्द धर्ममा अन्धविश्वास छैन । यो धर्म स्पस्ट ब्याख्या गरिएको (स्वाक्खातो), सान्दर्भिक (सन्दिथिको)े, समय सापेक्ष (अकालिको), पारदर्शि (एहिपस्सिको), परिणाममूलक (ओपनयिको), विद्धतजनले आफैले बुझ्ने (पच्चतं वेदितब्व विञ्ञुहिती) हो । बुध्द धर्मलाई बैज्ञानिक धर्म भनिन्छ र आईन्स्टाइन र बट्रैण्ड रस्सेल जस्ता बैज्ञानिक र विद्वानहरुले सबैभन्दा राम्रो धर्म भनेका छन् ।

मगर जाति बौद्ध हुनुको तात्पर्य   
    
नेपालमा आदिबासी जनजातिको आन्दोलन उठिरहेको छ । मगर  जाति सबैभन्दा ठूलो जनसंख्या भएको आदिबासी जनजाति हो । राज्य पुनरसंरचना र संघियता निर्माण भईरहंदा मगरात स्वायत्त राज्य र आत्मनिर्णयको अधिकारको कुरा पनि उठिरहेको छ । त्यो भनेको मगर एउटा राष्ट्र र मगरात एउटा राज्यको रुपमा बिकास हुंदैछ भन्ने परिकल्पना हो । मगर राज्यले मगरहरुलाई कस्तो राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक आदर्श र ढांचामा डो-याउने भन्नेबारे पनि चिन्तन गर्नु आवश्यक छ । बुद्ध धर्ममा यी सबै बिषयमा बैज्ञानिक अवधारणा र ऐतिहासिक अनुभवहरु छन् जुन मगर समुदायमा रुपान्तरण गर्न सकिन्छ ।

मगर समुदायले बुद्ध धर्म अंगिकार गर्दा के उपलब्धि हुन सक्दछ भन्ने कुराको अलि बिश्लेषण गर्नु श्रेयकर होला । एशिया महादेशको इतिहास खोतल्दा चीन, जापान, कोरिया, मंगोलिया, बर्मा, श्रीलंका, थाईलैण्ड, कम्पुचिया, लाओस, भियतनाम, सिंगापुर, इण्डोनेशिया, पाकिस्तान, अफगानिस्तान, तिब्बत सबै बुद्ध धर्मको कारणले समृद्ध र शक्तिशाली राष्ट्र बनेका थिए । सम्राट अशोकको भारत, लिच्छविकालिन नेपाल र मल्लचल्ल कालिन खश राज्य बुद्ध धर्मले गर्दा नै प्रख्यात भएका थिए । हिन्दु धर्मले गर्दा भारतमा बिखण्डन र सामाजिक विभेद बढ्यो र मुस्लिम र अंग्रेजहरु आएर शासन गरे । मगर  जातिले पनि बुद्ध धर्म अंगिकार गर्दा समृद्ध र शक्तिशाली समाज बन्न सक्दछ । हिन्दु भईरहंदा ब्राम्हणवादको फन्दामा परी शुद्रको बर्गमा बस्नुपर्ने हुन्छ । प्रकृति पूजक भनेर धर्महीन बस्दा संस्कारहीन भई पछाडि पर्नेछ । कि राईलिम्बुले किरात धर्म बनाए जस्तै मगरले पनि नयां धर्मको आबिस्कार गर्नुपर्ने हुन्छ जुन कुरा सहज छैन । इतिहासको कालखण्डमा मगर  जाति बौद्ध रहेको कुरा स्पस्ट हुंदाहुंदै बुद्ध धर्म अंगिकार गर्न नहुने कारण पनि छैन । मगरले बुद्ध धर्म मान्नु हुंदैन भन्नेहरु कि ईशाइ धर्ममा परिवर्तन भएका होलान कि कम्युनिस्टले धर्म मान्नु हुंदैन भन्ने खांटि कम्युनिस्ट बनेका होलान अथवा हिन्दु बनेर बाहून र हिन्दु राज्यको आडमा खडा भएको शाह राजतन्त्रका दलाली गरेर निहित लाभ उठाउनेहरु होलान । स्वाभिमान र समतामूलक समाज निर्माण र समृद्ध र शक्तिशाली राष्ट्रको रुपमा बिकास हुन मगर जातीले बुद्ध धर्म अंगाल्नुको विकल्प छैन ।

केही चुनौतिहरु 

बुद्ध धर्म एउटा संस्थागत धर्म हो । यो कर्मकाण्ड र संस्कार पद्धति मात्र नभएर एउटा शिक्षा प्रणाली हो । यसमा संघको आवश्यकता हुन्छ । संघ भन्नाले भिक्षु भिक्षुणी र उपासक उपासिकाहरु हुन्छन् । भिक्षु भिक्षुणीहरु बस्ने भौतिक पूर्वाधार बिहारको आवश्यक पर्छ र बिहारमा उपासक उपासिकाहरु ज्ञान र ध्यान सिक्न आउंछन् । भिक्षु भिक्षुणीहरुको चतु प्रत्यय (भोजन, चीवर, आवास र औषधी) को ब्यवस्था÷दान गर्ने जिम्मेवारी उपासक उपासिकाहरुको हुन्छ । विहार भनेको एउटा शैक्षिक संस्थान हो जहां ब्रम्हचर्या पालन गर्ने प्रशिक्षकहरु भिक्षु भिक्षुणीहरु हुन्छन् भने प्रशिक्षार्थीहरु गृहस्थ महिला पुरुषहरु हुन्छन् ।

सन्र २००१ को सरकारी तथ्यांकमा ४ लाख मगरहरुले बौद्ध लेखाए । एउटा सक्षम बौद्ध समाज निर्माण गर्न हजारमा कम्तिमा एकको अनुपातमा भिक्षु भिक्षुणी चाहिन्छ भने ४०० जना भिक्षु भिक्षुणी आवशयक हुन जान्छ । भोलि मगर  जातिमा बौद्धको जनसंख्या बढ्दै गएमा त्यही अनुपातमा बुद्ध धर्म अध्ययन गरेका भिक्षु भिक्षुणीको आवश्यक पर्छ । हाल मगर समुदायबाट केही युवाहरु भिक्षु बनेर थाईलैण्ड र श्रीलंकामा बुद्ध धर्म अध्ययन गर्न गएकाछन् । सरकारी तथ्यांकमा बौद्ध लेखाउने नेवारहरुको संख्या २ लाख जति छ, तर थेरवादी भिक्षु भिक्षुणीको संख्या मात्र ५०० नाघिसक्यो । नेवार समुदायले नेपालमा थेरवादको पुनरुत्थान गरेको ७५ बर्ष जति भयो । मगर  जातिले बुद्ध धर्मलाई बलियोसित अंगाल्ने कार्यमा धैरे ठूलो मेहनत गर्नु पर्नेछ । बुद्धले भने जस्तो आफ्नो मालिक आफै बन्न जिम्मेदारी पनि ठुलै निभाउनु पर्छ । समृद्ध र शक्तिशाली समाज लरतरो हिसाबले सम्भव छैन । अरु विकल्प पनि छैन ।

The author is former minister of Nepal.

No comments:

मैं नास्तिक क्यों हूं# Necessity of Atheism#!Genetics Bharat Teertha

হে মোর চিত্ত, Prey for Humanity!

मनुस्मृति नस्ली राजकाज राजनीति में OBC Trump Card और जयभीम कामरेड

Gorkhaland again?আত্মঘাতী বাঙালি আবার বিভাজন বিপর্যয়ের মুখোমুখি!

हिंदुत्व की राजनीति का मुकाबला हिंदुत्व की राजनीति से नहीं किया जा सकता।

In conversation with Palash Biswas

Palash Biswas On Unique Identity No1.mpg

Save the Universities!

RSS might replace Gandhi with Ambedkar on currency notes!

जैसे जर्मनी में सिर्फ हिटलर को बोलने की आजादी थी,आज सिर्फ मंकी बातों की आजादी है।

#BEEFGATEঅন্ধকার বৃত্তান্তঃ হত্যার রাজনীতি

अलविदा पत्रकारिता,अब कोई प्रतिक्रिया नहीं! पलाश विश्वास

ভালোবাসার মুখ,প্রতিবাদের মুখ মন্দাক্রান্তার পাশে আছি,যে মেয়েটি আজও লিখতে পারছেঃ আমাক ধর্ষণ করবে?

Palash Biswas on BAMCEF UNIFICATION!

THE HIMALAYAN TALK: PALASH BISWAS ON NEPALI SENTIMENT, GORKHALAND, KUMAON AND GARHWAL ETC.and BAMCEF UNIFICATION! Published on Mar 19, 2013 The Himalayan Voice Cambridge, Massachusetts United States of America

BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Imminent Massive earthquake in the Himalayas

Palash Biswas on Citizenship Amendment Act

Mr. PALASH BISWAS DELIVERING SPEECH AT BAMCEF PROGRAM AT NAGPUR ON 17 & 18 SEPTEMBER 2003 Sub:- CITIZENSHIP AMENDMENT ACT 2003 http://youtu.be/zGDfsLzxTXo

Tweet Please

Related Posts Plugin for WordPress, Blogger...

THE HIMALAYAN TALK: PALASH BISWAS BLASTS INDIANS THAT CLAIM BUDDHA WAS BORN IN INDIA

THE HIMALAYAN TALK: INDIAN GOVERNMENT FOOD SECURITY PROGRAM RISKIER

http://youtu.be/NrcmNEjaN8c The government of India has announced food security program ahead of elections in 2014. We discussed the issue with Palash Biswas in Kolkata today. http://youtu.be/NrcmNEjaN8c Ahead of Elections, India's Cabinet Approves Food Security Program ______________________________________________________ By JIM YARDLEY http://india.blogs.nytimes.com/2013/07/04/indias-cabinet-passes-food-security-law/

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN VOICE: PALASH BISWAS DISCUSSES RAM MANDIR

Published on 10 Apr 2013 Palash Biswas spoke to us from Kolkota and shared his views on Visho Hindu Parashid's programme from tomorrow ( April 11, 2013) to build Ram Mandir in disputed Ayodhya. http://www.youtube.com/watch?v=77cZuBunAGk

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICAL OF BAMCEF LEADERSHIP

[Palash Biswas, one of the BAMCEF leaders and editors for Indian Express spoke to us from Kolkata today and criticized BAMCEF leadership in New Delhi, which according to him, is messing up with Nepalese indigenous peoples also. He also flayed MP Jay Narayan Prasad Nishad, who recently offered a Puja in his New Delhi home for Narendra Modi's victory in 2014.]

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALSH BISWAS FLAYS SOUTH ASIAN GOVERNM

Palash Biswas, lashed out those 1% people in the government in New Delhi for failure of delivery and creating hosts of problems everywhere in South Asia. http://youtu.be/lD2_V7CB2Is

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk